जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने भवनमाथि महानगरको कारवाही

अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर पसल संचालन गर्ने भवनमाथि महानगरको कारवाही

काठमाडौं महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएर अन्य प्रयोजनको लागि प्रयोग गरिरहेका व्यावसायिक भवनहरुमाथि कारबाही प्रकृया सुरु गरेको छ। सोमबार नयाँ बानेश्वर क्षेत्रमा रहेका त्यस्ता भवनहरुमा ‘अण्डर ग्राउण्ड पार्किङ’ खुलाउनका लागि त्यहाँ बनाइएका पसलहरु महानगरले हटाउँदैछ।

नयाँ बानेश्वरमा ‘अण्डर ग्राउण्ड पार्किङ’को स्वीकृति लिएका करिब २० वटा घरहरु रहेको महानगरले बताएको छ। महानगरपालिकाले ‘अण्डर ग्राउण्ड पार्किङ’लाई अन्य प्रयोजनको प्रयोग नगर्न ३५ दिने सूचना जारी गरेको थियो। जसको अनुगमनको लागि आइतबार मेयर बालेन्द्र साह आफै बानेश्वर पुगेका थिए।

4185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका