जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुट दिने

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुट दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै छुटको योजना ल्याएको छ । बैंकले हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिट मा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधा बापत आदरणीय ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् । यसका साथै ग्राहकहरुको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

4345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका