जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने

मल्टीपर्पस फाइनान्सले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले  हाल कायम रहेको चुक्ता पूँजी रु. ४५ करोड २० लाखको १:०.३५ (३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनको लागि सहमति प्रदान गरिदिनको लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेकोमा राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा/बिशेष साधारण सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराए पश्चात मात्र उल्लेखित हकप्रद शेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ।

4835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?