जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • विकास बैंकको नाफा ३०% ले घट्यो

विकास बैंकको नाफा ३०% ले घट्यो

चालु आर्थिक वर्षको असोज मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा भारी गिरावट आएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार विकास बैंकको नाफा ३०.०७ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म विकास बैंकको नाफा १ अर्ब ५६ करोड ९१ लाख ४ हजार २४४ रुपैयाँ रहेको थियो । चालु आवको असोज मसान्तसम्म आइपुग्दा विकास बैंकको नाफा ३०.०७ प्रतिशतले घटेर १ अर्ब ९ करोड ७२ लाख ५४ हजार ३७९ रुपैयाँ रहेको छ ।

८ वटा राष्ट्रिय विकास बैंकमा तीन वटा बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफा घटेको छ ।

नाफा बढाउने तीनवटा बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंक रहेका छन् । यी बैंकको नाफा बढेको छ ।

साङग्रिला डेभलपमेन्ट बैंकको नाफा १.६७ प्रतिशतले बढेर ५ करोड ५३ लाख ४५ हजार ९२७ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५ करोड ४४ लाख ३१ हजार ७१२ रुपैयाँ रहेको थियो ।

यस्तै ग्रामिण विकास बैंकको नाफा ४.८३ प्रतिशतले बढेर १९ करोड ३३ लाख २८ हजार १२६ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १८ करोड ४४ लाख १९ हजार ६४४ रुपैयाँ रहेको थियो ।

यस्तै शाइन रेसुङगा बैंकको नाफा ४१.९१ प्रतिशतले बढेर २० करोड ९१ लाख ३६ हजार ९ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १४ करोड ७३ लाख ६३ हजार ३३६ रुपैयाँ रहेको थियो ।

५ वटा विकास बैंकको नाफा घट्यो
असोज मसान्तसम्म आइपुग्दा ५ वटा विकास बैंकको नाफा भने घटेको छ । नाफा घटेका बैंकमा कामना सेवा, लुम्बिनी विकास बैंैक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंक रहेका छन् ।

कामना सेवाको नाफा ७६.३५ प्रतिशतले घटेर ४ करोड १५ लाख ६१ हजार ३१० रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १७ करोड ५७ लाख ४७ हजार ४२० रुपैयाँ रहेको थियो ।

यता लुम्बिनी विकास बैंकको नाफा ६६.६७ प्रतिशतले घटेर ७ करोड १० लाख २९ हजार ३४५ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २१ करोड ३१ लाख ६४ हजार ६३४ रुपैयाँ रहेको थियो ।

मुक्तिनाथ विकास बैंकको नाफा ११.०४ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनामा बैंकको नाफा ११.०४ प्रतिशतले घटेर ३० करोड ७४ लाख १५ हजार ३८२ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३४ करोड ५५ लाख ८७ हजार ४९० रुपैयाँ रहेको थियो ।

यता ज्योति विकास बैंकको नाफा पनि ५४.०५ प्रतिशतले घटेर १० करोड ९८ हजार ३३९ रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा २१ करोड ७८ लाख ५५ हजार ६७६ रुपैयाँ रहेको थियो ।

यता महालक्ष्मी बैंकको नाफा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख ३९ हजार ९४१ रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा भने बैंकको नाफा २३ करोड ५ लाख ३४ हजार ३३२ रुपैयाँ रहेको थियो ।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका