जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा छुट पाउने

प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा छुट पाउने

प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइन प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रालिका तर्फबाट अध्यक्ष विदुर पौड्यालद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त जिपलाइन बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले हार्नेस् जिपलाइन प्रालिद्धारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन ) सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत हार्नेस् जिपलाइन प्रालिमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हार्नेस् जिपलाइन प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका