जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नयाँ लाइसेन्स दिन प्राधिकरणले छान्यो ७ लघुबिमा

नयाँ लाइसेन्स दिन प्राधिकरणले छान्यो ७ लघुबिमा

लघुबिमा कम्पनीका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनी छनोट गरेको छ । परेका ३१ आवेदनमध्ये हरेक प्रदेशमा १/१ वटाका दरले ७ वटा कम्पनीलाई छनोट गरिएको प्राधिकरणले जनाएको छ ।

लघुबिमा व्यवसाय गर्ने कम्पनी संस्थापनाको लागि यस प्राधिकरणबाट भदौ १० मा ३५ दिने सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएकोमा म्यादभित्र प्राधिकरणमा दर्ता हुन आएका प्रस्तावमध्ये प्राधिकरणबाट मूल्यांकन हुँदा तपसिल बमोजिमका प्रस्तावहरूलाई छनोट गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।

– गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लि, (बिराटनगर ७, मोरङ, प्रदेश १ ।)

– क्रेष्ट माइकोलाइफ इन्स्योरेन्स लि, (वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश ।)

– लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स लि.(पोखरा ८ कास्की, गण्डकी प्रदेश ।)

लघु निर्जीवन बीमा व्यवसायतर्फ छनोट कम्पनी

– ट्रष्ट माइक्रो इन्स्योरेन्स क. लि. (लुम्बीनी प्रदेश बुटवल २, रूपन्देही ।)

– नेपाल माइको इन्स्योरेन्स क. लि (भरतपुर १, चितवन, बाग्मती प्रदेश ।)

– स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. (जनकपुरधाम धनुषा, मधेश प्रदेश ।)

– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. (कैलाली, सुदुरपश्चिम प्रदेश ।)

4325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्