जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सका २३७ बीमितले कोरोना बीमाको दावी भुक्तानी पाउने

एनएलजी इन्स्योरेन्सका २३७ बीमितले कोरोना बीमाको दावी भुक्तानी पाउने

एनएलजी इन्स्योरेन्स कम्पनीका २३७ जना बीमितले कोरोना बीमाको दावी भुक्तानी पाउने भएका छन् । कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा र नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो लटमा २३७ जना बीमितलाई कोरोना बीमाको दावी भुक्तानी दिने भएको हो ।

कम्पनीबाट जारी गरिएका एकल तथा पारिवारिक बीमालेख अन्तर्गत पहिलो दावीकर्ताहरुलाई प्राथमिकतामा राखी मंगलबारदेखि कम्पनीले बीमितहरुलाई भुक्तानी दिन थालेको हो ।

कम्पनीले फर्छौट हुने कोरोना बीमा दावीकर्ताहरुको विवरण कम्पनीको वेवसाइटमा उपलब्ध गराएको जनाएकाे छ । साथै कम्पनीले बीमितहरुलाई भुक्तानीमा सहज गराउन लागि दुई जनाको कर्मचारीको फोन नम्बर समेत उपलब्ध गराएको छ । बीमितले नीरोज रेग्मीलाई ९८४३७३७०३९ र रबी मर्हजनलाई ९८६१७९०४०६ मा सम्पर्क गर्न सक्नेछन् ।

3975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्