जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकको भित्रको बदमासी सीइओबाट मात्रै सम्भव छ

बैंकको भित्रको बदमासी सीइओबाट मात्रै सम्भव छ

गोविन्द प्रसाद ढकाल चिनाई राख्नु पर्ने नाम होइन । विगत दुई दशक देखि निरन्तर बैकि· क्षेत्रमा कार्य सम्पादन गर्दै आउनु भएको छ । ढकाल विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपालका अध्यक्ष हुनुहुन्छ । स्याङ्जामा जन्मिएका ढकाल विगत २ वर्ष देखि गरिमा विकास बैंक लिमिटेडको सीइओको भूमिका सम्हाल्दै आउनु भएको छ । नेपालको बैकिङ क्षेत्रमा चर्को तरलता अभाव देखिएको छ ।

खासगरी वाणिज्य बैंहरुमा यो समस्या देखिएको हो । विकास बैंकहरुमा यो समस्या खासै देखिएको छैन । त्यसबारे डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपालका अध्यक्ष ढकाल भन्द्छन् । निक्षेपको तुलनामा कर्जा बढी भएकाले बैंकहरुसँग थप ऋण लगानी गर्ने पैसा नभएको सत्य हो । स्रोत नजुटे पनि वाणिज्य बैंकहरु कर्जा विस्तारमा आक्रमक हुँदा समस्या झन चर्किएको छ । पैसा नभएको भन्दै विकास बैंकहरुले कर्जा रोकेका छैनन् । ४/५ वर्षअघि सम्म समस्यामा गुज्रिएका विकास बैंकमा एकाएक कसरी सुधार आयो ?

विकास बैंकहरुका किन वाणिज्य बैंकहरु भन्दा संयमित भए र विकास बैंकहरुका समस्याहरु के के छन् ? यिनै विषयमा केन्द्रीत रही बरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्षसमेत रहेका गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालसँग गरेको कुराकानीः

० गरिमा विकास बैंकको पछिल्लो वितिय अवस्था कस्तो छ ?
गरिमा विकास बैंकको पछिल्लो वित्तिय अवस्था अत्यन्तै सन्तोषजनक छ, पुंजी २ अर्ब ८० करोड, ३ लाख ग्राहक, २६ अर्ब निक्षेप र २३ अर्ब ७० करोड कर्जा प्रवाह भएको छ ल्एब् ०.४५ प्रतिशत छ । ६६ वटा शाखा कार्यालयहरु छन् । १० वटा २ बर्ष भित्र संचालन गर्ने योजनामा छौं । यी सबै गरि ७६ कार्यालय हुने छन्, साच्चै भन्ने हो भने मेची देखि महाकाली सम्म हाम्रा शाखा सञ्जाल जोडिएको अवस्था छ । यी सबै सूचक हेर्दा हाम्रो अवस्था अत्यन्तै सन्तोषजनक छ ।

० तपाईंको गरिमा विकास बैंक बाणिज्य बैंकसंग मर्ज गर्ने हल्ला छ नि ?
कही कतै कुरा भएको भए मलाई थाहा छैन, मर्जको कुरा प्रमोटर र सेयर धनीहरुले गर्ने हो, गरिमा विकास बैंक मर्जमा जानु पर्ने अवस्था छैन । हामीसंग प्रशस्त पुँजी छ । पुँजी कोष १९ प्रतिशत भन्दा बढी छ । त्यसकारण मर्जको हल्ला असत्य हो ।

० पुँजी बृद्धि गर्ने कुरा पनि छ नि ?
तत्कालै राष्ट्र बैंकले पुँजी बृद्धिको कुरा नल्याउँला, यदि ल्यायो भने हामी राइट र बोनस शेयरबाट पु¥याउन सक्छौं । त्यो नभए क्षेत्रिय स्तरका विकास बैंकसँग मर्ज गरेर पुँजी पु¥याउने योजनामा छौं ।

० तपाईं विकास बैंकहरुको छाता संस्था नेपाल विकास बैंक संघको सभापति पनि हो, मलाई भनिदिनुहोस पछिल्लो समय बाणिज्य बैंकहरुमा चर्को तरलता आयो तर विकास बैंकहरुमा आएनन् । के बाणिज्य बैंक भन्दा विकास बैंक पछिल्लो समय मजबुत वा सक्षम भएकै हुन् त ?
बाणिज्य बैंकबाट विकास बैंकलाई थ्रेट आएको देखियो यसमा दुइ चार वटा कुरा छन् । बाणिज्य बैंकहरु जनताको पैसामा भन्दा बढी संस्थाको पैसामा चलेको देखियो । तर विकास बैंकहरु साना साना जनताको पैसामा चलेका छन् । साच्चै भन्नु पर्दा २ वर्ष आगाडीका बाणिज्य बैंक भन्दा अहिलेका विकास बैंक बलिया छन् ।

पँुजी कर्पोरेट सुशासनमा आहिले विकास बैंक बलिया भएका छन् । विकास वैंकहरुले २ देखि ५ प्रतिशत सम्म प्रतिफल दिइरहेका छन् । पछिल्ला केही नयाँ बाणिज्य बैंकहरुमा समस्या आए ठुला १० बाणिज्य बैंकहरुमा आएनन् । त्यसकारण बाणिज्य बैंकहरु बीच क, ख र ग गरेर बर्गिकरण गर्नुपर्ने अवस्था देखियो यो राम्रो संकेत होइन, १ र २ प्रतिशत ब्याज तलमाथि गरे ठिक होला तर १४ र १५ प्रतिशत ब्याज लिनु भनेको अर्थतन्त्र सिध्याउनु हो ।

हामीले राष्ट्र बैंक, नेपाल बैंकर संघसंग बसेर ब्याज नघटाए १५ प्रतिशतमा डिपोजिट लिन्छौं भनेपछि एउटा सहमति बन्यो त्यो सकारात्मक छ । अर्को सरकारी पैसा राजस्वमा जम्मा भयो खर्च भएन यी कारणले तरलता आएको हो । तर, हामी विकास बैंकहरुमा कहिले पनि तरलता आएन ।

० ब्याजदर त बजारले नै निर्धारण गर्ने हो होइन र ? भद्र सहमति गरेर ब्याजदर निर्धारण भयो विकास बैंकहरुको ब्याजदर चाँही कति हो ?
ब्याजदर बजारले नै निर्धारण गर्ने हो । भद्र सहमतिबाट चल्ने कुरा राम्रो होइन । तर, बजार अनियन्त्रित भयो । हामीले मुद्दतीमा १० प्रतिशत र बचत मा ७ प्रतिशतको सहमति गरेका छांै । यो सधै राख्नु हुँदैन आवश्यकता अनुसार घटाउने बढाउने गर्नुपर्छ ।

० पछिलो समय २८ बाणिज्य बैंक स्थानीय तहमा पुगेका छन् । त्यहाँ काम गरिरहेका विकास बैंकहरुलाई कस्तो वाणिज्य बैंकहरुले असर परेको पाउनु भएको छ ?
हामी नै स्थानीय तहमा सक्षम छौं भानिरहेको बेला बाणिज्य बैंकहरु पुगेको अवस्था हो । यो सकारात्मक पक्ष पनि हो । हामी सरकारी पैसा लिन पाउँदैनौ । त्यसकारण बाणिज्य बैंक स्थानीय तहमा पुगेका हुन् । बाणिज्य बैंक पुग्दैमा हामीलाई घाटा छैन । तर, हामीले यत्रो काम गर्दा गर्दै पनि सरकारको पैसा राख्न दिएको छैन । यो सन्देश नकारात्मक छ । यसलाई सच्याउनु पर्छ । तर, हामीलाई असर पुगेको छैन ।

० विकास बैंकका धेरै समस्याहरु छन्, तपाईंहरुलाई नियामक निकायहरुले सौतेनी छोराको व्यवहार गरेको देखिन्छ यसलाई कसरी लिनुहुन्छ ?
२÷३ वर्षदेखि हामीले राज्य र राष्ट्र बैंकलाई भनिरहेका छौं । नयाँ बफियामा विकास बैंकलाई सरकारी पैसा राख्न छुट छ तर, पैसा राख्न कानुनमा संसोधन गर्नु पर्ने देखिन्छ । त्यहि कानुनको आधारमा हामीले सरकारी पैसा राख्न पाउँदैनांै । यी कुरा हामीले अर्थमन्त्री मार्फत गरेका छौं । अब यो कानुन संसोधन हुने अर्थमन्त्रीले बताउनु भएको छ । विकास बैंकलाई भेदभाव गरिएको साच्चै हो ।

हामी बाणिज्य बैंक सरह नै भएका छौं, सबै कुरामा जस्तै आईटी, कार्ड, शाखा लगायत अन्य कुराहरुमा त्यसकारण विकास बैंकहरुलाई सरकारी पैसा राख्नु दिनुपर्छ, यो कानुन परिवर्तन हुने कुरामा हामी आसावादी छौं ।

० विकास बैंकहरुले क्रेडिट कार्ड दिन नपाउने, विदेशबाट लोन ल्याउन नपाउने र बैंक ग्यारेन्ट दिन नपाउने विविध कारणहरु छन् । यसबारे तपाईंको धारणा के छ ?
विदेशबाट कर्जा ल्याउने कुरा गौण छ, हरेक देशको रेटिङ नै छैन । बैंक ग्यारेन्टी र क्रेडिट कार्ड हामीले पाउनु पर्छ । यसले हामीलाई अफ्ठ्यारो परेको छ ।

० पछिलो समय बाणिज्य बैंकहरुमा चर्को तरलता हुँदा विकास बैंकहरुले बाणिज्य बैंकका कर्जाका पैसा दिएका कुरा पनि छन् नि ?
हो, तपाइले भनेको सत्य हो । हामीले तरलता अभाव भएका बेला बाणिज्य बैंकका करका पैसा दिएका छौँ । ४ र ५ वटा बाणिज्य बैंकलाई हामीले सहयोग पनि गरेका छौं । आहिले पनि सहयोग गरेको अवस्था छ ।

० तपाईंकै पालामा हामीले माथि गरेका समस्याहरुको समाधान गर्न पहल भएको छ त ?
मैले भनिसके, म विकास बैंक संघमा १० र १२ वर्ष देखि सदस्य थिए । अहिले अध्यक्ष छु । तपाईंले भनेका कुरामा हामीले पहल गरेका छौं । व्यक्तिगत र संस्थागतरुपमै कुरा भएका छन् । हामी विकास बैंकका समस्याबारे हामीले गर्ने जति काम गरेका छौं । सफलता हात परेको छैन । सफलता आयो भने हाम्रो टिमकै सफलता हुने हो नि, सञ्चार माध्यमहरुले पनि त हाम्रा कुरा लेखिदिनु हुन्छ । यसबाट पनि आशा बढेको छ ।

० विकास बैंकको पँुजी वृद्धिसंगै लगानीका चुनौती पनि बढेको अवस्था छ नि ?
पुँजीसंगै आक्रामकरुपमा लगानी भए पछिल्लो समय स्थानीय तह मा १ हजार शाखा थपिए । यी सबै कारणले तरलता अभाव देखियो । हामी सीइओहरुले प्रमोटर र सेयरधनीहरुलाई सम्झाउन सकेनांै । व्यवसायमा सधैं नाफा हुँदैन । कहिले बढी हुन्छ त कहिले कम तर संधै नाफा खोज्ने प्रवृति बढ्यो । सीइओ र संचालकहरु बसेर कुरा गर्नुपर्यो । सधैं नाफा मात्र हेर्नु भएन नि । क्वालिटी पनि हेर्नुपर्यो नि !

० लगानीकर्ताहरुलाई प्रतिफल नदिदा त सीइओसापहरुको जागिर चट हुने देखिन्छ नि ?
प्रतिफल दिनु पर्छ कति दिने भन्ने कुरा हो, वर्षै पिच्छे प्रतिफल बढाउन सकिन्न । पुँजी वृद्धि भए पछि अघिल्लो बर्षकै प्रतिफल खोज्ने प्रवृति बढेको छ । यो राम्रो होइन जागिर जाने डरले सीइओहरुले आक्रामक भएर लगानी गर्नुभयो । यसले भोलि अर्थतन्त्रनै तहस नहस हुनसक्छ ।
हामी सीइओहरुकै कारण बैंकमा तरलता आएको हो । हामी सुध्रिन प¥यो । सीइओले हस्ताक्षर नगरी बैंकमा केहि हुँदैन । यो सबैले बुझेका छन् नि ।

० पछिलो समय विकास बैंकहरु नाफामुखी भएका सामाजिक उत्तरदायित्वबाट पछि हटेका भन्ने आरोप छ नि ?
हामी यही समाजमा बसेपछि समाजलाई केहि गर्नुपर्छ भन्ने हामीमा छ । राष्ट्र बैंकले पनि भनिरहेको छ । तर आफु चर्चामा आउने ठाउँमा मात्र सामाजिक काम गरियो । यो राम्रो कुरा होइन बैंक नाफा मुखी हो । नाफा हुनुपर्छ । यो व्यवसाय हो तर, नाफा उचित हुनुपर्यो । हामी सीइओले नयाँ लगानीका अवसर खोज्नु प¥यो । उत्पादनशिल क्षेत्रमा लगानी गर्नुप¥यो । संधै एउटा क्षेत्रमा खोसाखोस गर्नु भएन । यसले अर्थतन्त्रको क्षेत्रमा नकारात्मक असर पर्छ ।

० पछिल्लो समय विकास बैंकहरुमा कर्पोरेट सुशासन बढेको छ । यो कसरी सम्भव भयो ?
यसमा राष्ट्र बैंकको महत्वपूर्ण भूमिका छ । हिजो बदमासी गर्नेहरु जेलमा छन् । संचालकहरुको हस्तक्षेप कम छ । यी कारणले विकास बैंकमा सुशासन बढेको हो । अर्को कुरा ८९ विकास बैंकबाट ३१ वटामा हामी आएका छौं । यो खुसीको कुरा हो । राष्ट्र बैंकको निरिक्षण बढेको छ । संचालकहरु पटक÷पटक फेरिएका छैनन् । सक्षम र पुराना सीइओहरुले बैंक चलाएका छन् । त्यसले सुशासन बढेको छ तर, सीइओको मिलेमतो बिना कहिले व्यक्तिगत लाभका कामहरु हुँदैनन् । संचालक समितिको निर्णय कार्यनयन गर्ने सीइओले नै हो । त्यसकारण बैंकमा बदमासी भए सीइओलाई नै जेल हाल्नु पर्छ ।

० राज्यसंग के आशा छ अब ?
हामीलाई केहि चाहिएको छैन । बैंक ग्यारेन्टी र सरकारी पैसा राख्न पाउने व्यवस्था राज्यले कानुन परिवर्तन गरिदिनु प¥यो ।

० शाखा संजालमा गरिमा विकास बैंक आक्रामक भएको हो ?
हो, सहि कुरा हो । गत साल भन्दा बढी शाखा खोलेका छौं । व्यापार बढाउन पनि शाखा खोल्नु पर्ने भयो हामी मेची देखि महाकाली सम्म पुगेका छौं ।

० शाखा खोल्दा खर्च पनि बढ्ने देखिन्छ नि ?
जथाभाबी हामी खोल्देनौ हिसाब गरेर मात्र खोल्छौं । खर्च बढे पनि व्यापार बढ्ने ठाँउमा नै हामी शाखा खोल्छौ ।

० यो वर्ष लगानीकर्ताहरुलाई कति प्रतिफल दिने योजना छ ?
अघिल्लो वर्ष १५ प्रतिशत दिएका थियौं । यो वर्ष १८ प्रतिशत भन्दा माथि दिने योजनामा छौँ ।

० पछिल्लो समय कर्पोरेट हाउस र बैंकहरुको कर्मचारीको कल्याणकारी कोषमा राज्यले अंकुस लगाउने काम सुरु गरेको छ । यसमा अध्यक्ष ज्युको भनाइ के छ ?
यो अहिलेको जल्दो बल्दो समस्याकोरुपमा देखिएको छ । हामीले कर्मचारीलाई दिने १० प्रतिशत बोनसमा अंकुस लगाउने काम भएको छ । यो राम्रो कुरा होइन । यसले कर्मचारीहरुले आन्दोलन गर्न सक्छन । यस बारेमा हामी बैंकरहरुले राज्यलाई कुरा राखेका छौं । यो काम बन्द गरिनु पर्छ ।

करिब ४० लाख कर्मचारी छन् । तिनीहरुलाई चलाउनु राम्रो संकेत होइन । यसले ठुलो समस्या नित्याउने देखिन्छ । त्यो १० प्रतिशत बोनसका लागि कर्मचारी रातदिन खटेका छन् । समयको प्रवाह गरेका छैनन् । यो चलाउने बित्तिकै समस्या आउने प्रस्ट छ । यो राज्यले बुझ्न जरुरी छ ।

० अन्त्यमा के भन्न चाहनु हुन्छ ?
विकास बैंक बाणिज्य बैंक भन्दा सक्षम बनेको छ । एक पटक विकास बैंकबाट सेवा लिन सबै ग्राहक वर्गहरुमा अनुरोध गर्दछु । हाम्रो सेवाहरु बाणिज्य बैंक भन्दा कम छैनन् । हामी दुर्गम गाउँ घरमा पुगेर काम गरिरहेका छौँ । एक पटक तपाईंहरुको सेवा दिने अवसर दिनुहोस् । आर्थिक बजार मासिक

11500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका