जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान सुचारु, एकैपटक गर्‍यो उद्घाटन

नेपालगञ्ज र जानकीमा सिभिल बैंकको गो क्यासलेस अभियान सुचारु, एकैपटक गर्‍यो उद्घाटन

सिभिल बैंकले वार्षिकोत्सवको अवसर पारेर नेपालगञ्ज र जानकी गाउँपालिकामा ‘गो क्यासलेस’ अभियान सुरु गरेको छ।

अभियानको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमतीदेवी कठरियाले यसले सो क्षेत्रका जनतालाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न साक्षरता सिकाउने बताइन्।

यस्तै, नेपालगञ्जको कार्यक्रम उद्घाटन गरेका नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले डिजिटल भुक्तानी प्रणालीले अब ग्राहकहरुलाई सुविधा दिनुका साथै सुरक्षा प्रदान गर्ने बताए।

नगदरहित अभियानले दुर्गमदेखि प्रमुख सहरहरुसम्म ४० हजार भन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आबद्ध गरी सकेको बैंकले जनाएको छ।

उक्त कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत, विभिन्न व्यवसाय, संघ संस्थाका अध्यक्ष र बैंकका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

 

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?