जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बैंकमा शंकास्पद कारोबार ८१ प्रतिशतले बढ्यो

बैंकमा शंकास्पद कारोबार ८१ प्रतिशतले बढ्यो

वाणिज्य बैंकहरुमा शंकास्पद कारोबार बढेको प्रतिवेदन नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।  राष्ट्र बैंकअन्तर्गत वित्तीय जानकारी इकाइले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार शंकास्पद कारोबार बढेको देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबारको रिर्पोटिङ ८१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष १ हजार ५३३ वटा रिपोर्टिङ भएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार भएको ३ दिनभित्र इकाइमा रिर्पोट गर्न व्यवस्था रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा वित्तीय इकाइले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा नेपालका ठूलो ६ वटा भन्दा बढी कर्पोरेट हाउस सञ्चालकका व्यक्तिगत खातामा अस्वभाविक रकम कारोबार भएको भन्दै अनुसन्धानका लागि पठाएको थियो । तर, उक्त ६ वटा भन्दा बढी कर्पोरेट हाउसका सम्पत्तिको स्रोत नखुलेका ती फाइलहरु अहिले अनुसन्धान विभागबाट नै गायव भएका छन् ।

कर्पोरेट हाउस सञ्चालकहरुको कम्पनी सधै घाटामा देखाउने र उक्त कम्पनीबाट आम्दानी गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्ने प्रवृति बढेको देखिएको राजस्व अनुसन्धानमा संलग्न एक कर्मचारीले बताए । शंखास्पद भनिएका ती उद्योगीहरुलाई विभागले वयान समेत लिइसकेको थियो । तर, उनीहरुको राजनीतिक पहुँचका कारण अनुसन्धान नै विचैमा रोकियो र रातारात ती फाइल मिलाउनका लागि विभागमा नयाँ महानिर्देशक नियुक्त गरियो ती कर्मचारीले भने ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले वित्तीय जानकारी इकाइमा २ हजार ३८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ गरेका थिए । अघिल्लो वर्ष एक हजार ४०३ वटा शंकास्पद कारोबारको केन्द्रीय बैंकमा रिपोर्टिङ पुगेको थियो ।

राजस्व अनुसन्धान विभागमा ठूलो कर्पोरेट हाउसहरुले गर्ने रमाइलो घटना भनेको नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल हो । उक्त नक्कली भ्याट बिलमा केहि वर्षहिला बहुराष्ट्रिय कम्पनी पेप्सी परेको थियो । सोहि अनुसार अन्य ठूला कम्पनीहरु पनि गरिब जनताको नाममा थोरै रकममा एक कम्पनी आफै स्थापना गर्ने र नक्कली भ्याट बिल आफै छाप्ने गरेको सयौं कम्पनी विभागमा रहेका छन् । सुकुम्बासीका नाममा २० औं करोड कारोबार गर्ने कम्पनी नेपालका ठूला व्यापारीले खोल्ने र अर्बौको नक्कली भ्याट बिल जारी गर्ने गरेको छन् ।

सम्पत्ति शुद्धीकरणको सूचना संकलन र विश्लेषण गर्दै आएको वित्तीय जानकारी इकाइमा २ हजार ७८० वटा शंकास्पद कारोबारको रिपोर्टिङ भएको थियो । रिर्पोटिङ विकास बैंक, वित्त कम्पनी, लघुवित्त, इन्सुरेन्स, रेमिट्यान्स कम्पनी, धितोपत्र कम्पनी, सहकारी तथा सरकारी निकायले गरेका हुन् ।

2950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका