जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वाणिज्य बैंकको मात्र नाफा घट्यो ! कुन बैंकले कति कमाए नाफा ? ( सूची सहित )

वाणिज्य बैंकको मात्र नाफा घट्यो ! कुन बैंकले कति कमाए नाफा ? ( सूची सहित )

हाल संचालनमा रहेका वाणिज्य बैंकहरुले आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । यी बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा आर्थिक वर्ष ७८/७९ को सोही अवधिको तुलनामा दुई बैंकको मात्र नाफा घटेको छ । प्राइम कमर्सियल बैंकको नाफा १८ दशमलव ८१ प्रतिशत र कुमारी बैंकको नाफा २४ दशमलव १४ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरण अनुसार नबिल बैंकले सर्वाधिक ७ अर्ब ५२ करोड खुद नाफा गरेको छ भने दोश्रोमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ ।

समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि नबिल बैंकको भएको छ । नबिल बैंकको नाफा ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ ।

२० वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ५६ अर्ब १७ करोड नाफा कमाएका थिए भने गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७० अर्ब १७ करोड नाफा कमाएका छन् ।  एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको नाफा करीब २५ प्रतिशतले बढेको छ ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका