जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बीओकेद्धारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुरुवात

बीओकेद्धारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुरुवात

बैंक अफ काठमाण्डू लिमिटेडले क्लियरिङ्ग चेकहरु कियोस्क मेसिन मार्फत जम्मा गर्नसकिने सेवाको शुभारम्भ गरेको छ । यस नयाँ सेवा मार्फत ग्राहकहरुले बिना कुनै झन्झट सजिलैसंग मेसिनमा चेक जम्मा गर्न सक्नेछन् ।

यस सेवाको शुभारभ्भ पश्चात् ग्राहकहरुले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस सुबिधामा ग्राहकहरुले चेक जम्मा गर्ने मेसिनमा जम्मा गर्नुपर्ने खाता नम्बर, रकम, चेक जारी भएको मिति, चेक जम्मा गर्न आएका ग्राहकहरुको सम्पर्क नम्बर तथा क्लियरिङ्ग सेसन लगायतका विवरणहरु राखे पश्चात् जम्मा गर्ने चेक स्क्यान गरी चेक जम्मा गर्नसक्नेछन् ।

उक्त चेक जम्मा भएपश्चात् ग्राहकहरुले चेक जम्मा भएको प्रमाणिकरणको लागि मेसिनबाट जारी हुने भौचर प्राप्त गरिने बैंकले जनाएको छ । बैंकले उक्त सेवा हालको लागि आफ्नो मुख्य शाखा कार्यालय कमलादीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशभरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत विस्तार गर्ने योजना रहेको छ ।

कियोस्क मेसिन मार्फत क्लियरिङ्ग चेक जम्मा गर्ने सेवाले चेक जम्मा गर्नको लागि भौतिक रुपमा भौचर भरी बैंकको चेक जम्मा गर्ने काउन्टरमा लाइन बसी चेकहरु जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकलाई छुटकारा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका