जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • लाइसेन्स पाउने ७ लघुबीमाको नामावली सार्वजनिक

लाइसेन्स पाउने ७ लघुबीमाको नामावली सार्वजनिक

नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई व्यवसाय तर्फ छनोट गरेको छ।
प्राधिकरणले जीवन तर्फ तीन र निर्जीवन तर्फ चार लघुबीमा कम्पनीहरुको छनोट गरेको हो । बीमा समितिले सार्वजनिक गरेको सूचना अनुसार ७ लघुबीमा कम्पनीको नाम सार्वजनिक गरेको हो ।

लघु जीवन बीमा ब्यवसाय तर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएको छ ।

त्यस्तै, लघु निर्जिवन बीमा ब्यवसाय तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स प्राप्त गरेको छ ।

प्राधिकरणले आवेदकको शेयरधनीहरुको विवरण, व्यवसायिक योजना र अध्ययनको अवलोकन गरि आवेदन दिएका ३१ आवेदन मध्येबाट तीन वटालाई लघु जीवन बीमा कम्पनी र चार वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो ।

बीमा प्राधिकरणले लघु बीमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । तत्काल निर्वाचनको अवधिमा निर्वाचन आयोगले आचारसहिता विपरित भएको भन्दै लघुबीमाको लाईसेन्स वितरण गर्न निषेध गराएको थियो । आवेदन दिएको एक महिनापछि प्राधिकरणले सात कम्पनी मूल्यांकन गरि छनोट गरेको हो ।

प्राधिकरणले आह्वान गरेको प्रस्तावमा ३१ वटाले निवेदन दिएका थिए ।

दुर्गम, ग्रामिण तथा शहरी क्षेत्रको सीमान्तीकृत तथा न्यून आय भएका समुदायलाई लक्षित गरी लघुबीमा सेवाको प्रवाह गर्ने, लघुबीमा सेवाकाल लागि सेवाग्राहीहरूको रूपमा न्यून आय भएका परिवारको पहिचानका सहुलियत दरमा लघुबीमाको सेवा प्रवाह गर्ने व्यवस्थालाई सुदृढ गर्ने लगायतका सर्तहरू लघुबीमा निर्देशिकामा उल्लेख छ ।

नयाँ लाइसेन्स वितरण गर्ने कार्य विधि र प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई हुुन बाँकी छ । सर्वोच्च अदालतमा आगामी पुस ३ गतेका लागि पेशी तोकिएको छ । उत्प्रेषणको आदेशद्धारा बदर गर्न मागसहित रिट परेकोले गैर कानुनी वा त्रुटीपूर्ण ठहरेमा स्थापना भएका नयाँ लघुबीमा कम्पनीको लाइसेन्स खारेज हुनेछ ।

 

4260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका