जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • बैंकर्स संघको अध्यक्षमा सुनिल केसी

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी

नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निश्चित भएका छन्। संघको बुधबार हुने विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने भएको हो।

केसी अहिले संघको उपाध्यक्ष छन्। अघिल्ला अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको हो।

संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।

केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी अध्यक्ष भएपछि उपाध्यक्ष पद रिक्त हुने छ। उपाध्यक्षमा कसलाई ल्याउने टुंगो नभइसकेको बैंकरहरुले बताएका छन्।

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका