जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेशनल माइक्रोफाइनान्सलाई नेप्सेको कारबाही

नेशनल माइक्रोफाइनान्सलाई नेप्सेको कारबाही

सेयर मूल्यमा प्रभाव पार्ने गतिविधि गरेकोमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारबाही गरेको छ। सेयर कारोबार  रोक्का गरिदिएको हो।

धादिङबेंसी केन्द्रिय कार्यालय रहेको कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश सम्बन्धी घोषणा गरेको पत्र नेप्सेमा पठाएको थियो।

सोमबार बसेको बैठक लगत्तै उक्त निर्णयको पत्र कारोबार समयमा उपलब्ध गराएकाले धितोपत्र सूचीकरण विनियमावली अनुसार कारोबार रोक्का गरिएको नेप्सेले जनाएको हो।

सूचीकृत संगठित संस्थाले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम २२(१) मा भएको व्यवस्था अनुसार मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ।

तसर्थ उक्त विनियमावलीको विनियम १६(१)(ख) मा भएको व्यवस्था अनुसार कम्पनीको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

4255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका