जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइसीएफसी फाइनान्सको नाफामा गिरावट

आइसीएफसी फाइनान्सको नाफामा गिरावट

आइसीएफसी फाइनान्सको नाफा घटेको छ। ब्याज आम्दानी साढे ३५ प्रतिशत बढे पनि नाफा झन्डै ५८ प्रतिशतले घटेको हो।

फाइनान्सले पुस अन्त्यसम्म ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत वर्षको यही अवधिमा नाफा ९ करोड २६ लाख रुपैयाँ थियो। नाफामा यो ५७.७३ प्रतिशतको गिरावट हो।

खुद नाफामा गिरावटसँगै फाइनान्सको वितरणयोग्य नोक्सानी पनि ५ करोड १७ लाख रुपैयाँ पुगेको छ।

मुख्यतया फाइनान्सको खराब कर्जा ह्‍वात्तै बढेकाले ब्याज आम्दानी बढे‍ पनि नाफा बढ्न नसकेको हो। जसका लागि कर्जा जोखिमबापत छुट्याएको रकम उल्लेख्य छ। पोहोर पुसमा ३ करोड १३ लाख रुपैयाँ छुट्याएकोमा यसपटक १० करोड ५६ लाख रुपैयाँ नाघेको छ।

खराब कर्जा बढेपछि निष्क्रिय कर्जा २.८६ प्रतिशत पुगेको छ। पोहोर पुसमा १.०६ प्रतिशत थियो।

बाँकी कर्मचारी तलब भत्ता र सञ्चालन खर्च पनि बढेका छन्। सञ्चालन मुनाफा नै ५ करोड ७७ लाख रुपैयाँमा सीमित छ। यो पोहोर १३ करोड २२ लाख रुपैयाँ थियो।

पुस मसान्तमा फाइनान्सको प्रति सेयर आम्दानी ६.६२ प्रतिशत छ। प्रति सेयर नेटवर्थ १४७.६८ रुपैयाँ छ।

4245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका