
कर्पोरेट डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २२ गते बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:
साधारण प्रस्ताव
१. अध्यक्षज्यूको मन्तब्य सहित प्रस्तुत आ.व. २०७८ / ०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८ / ०७९ को आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८ / ०७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी स्वीकृत गर्ने ।
३. बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९ / ०८० को लागि बैंकको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
४. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रु. पचास करोड को ०.२६ प्रतिशतले हुने रकम रु. १३,१५,७८९४७ नगद लाभांस (प्रस्ताबित बोनस शेयरको रकममा कर प्रयोजनार्थ) बितरण गर्ने प्रस्ताव पारित गर्ने ।
विशेष प्रस्ताव
१. संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रु. पचास करोड को ५.०० प्रतिशतको दरले हुन आउने रकम रु.२,५०,००,०००.०० बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
२. बिकास बैंकको हाल कायम चुक्ता पुँजी रु. पचास करोड मा ५.०० प्रतिशतको दरले हुन आउने रकम रु. दुई करोड पचास लाख मात्र बोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पुँजी रु. ५२ करोड ५० लाख कायम गर्ने प्रस्ताव पारित गर्ने ।
३. कर्पोरेट डेभलपमेण्ट बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने गाभिने वा एक्विजिसन (प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
४ बैंकको प्रबन्धपत्र / नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमनकारी निकायबाट (जस्तैः कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक आदि) कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
५. प्रचलित कानून वा नियमनकारी निकायको सुझाव वा निर्देशन अनुसार प्रबन्धपत्र वा / र नियमावलीमा भाषागत वा अन्य कुनै फेरबदल, थपघट गर्नु पर्ने भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई सोही बमोजिम गर्न अख्तियारी प्रत्यायोजन गर्ने ।
६. बैंकको नियमावलीको को दफा ८ मा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७४ बमोजिम संचालक समितिको सदस्य संख्या ९ बाट ७ गर्नु पर्ने भएकोले संस्थापक तथा सर्वसाधारण शेरधनीबाट प्रतिनिधित्व हुने गरी संचालक समितिको संख्या समायोजन गर्ने ।
७. माथिको दफा क बमोजिम कायम हुन आउने संस्थापक र सर्वसाधार शेयरधनी तर्फबाट संचालक समितिको सदश्यको मनोनयन वा निर्वाचन सम्बन्धमा ।
८. बैंकको प्रबन्धपत्रको दफा ४ मा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४७ मा ‘२०६३ को दफा ४७ लाई संसोधन गरी २०७३ को दफा ४९ कायम गर्ने र प्रबन्धपत्रमा रहेको दफा ४ को बुँदा १ ज) पछि (१) मा राष्ट्र बैंकको पूर्व स्वीकृति लिई विप्रेषणको कारोबार गर्ने, (१) मा नेपालभित्र रकम स्थानान्तरण सम्बन्धी काम गर्ने, (१ ट) मा धितो पत्र कारोबारको सम्बन्धी ग्राहकका डिम्याट खाता, आस्वा, सिआस्वा खाता खोल्ने, सो सम्बन्धी कारोबार गर्ने बुँदा थप गर्ने ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































