जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भने-‘अर्थतन्त्रको समस्या सबै मिलेर समाधान गरौं’

एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले भने-‘अर्थतन्त्रको समस्या सबै मिलेर समाधान गरौं’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन। बैंकलाई पनि असजिलो छ। व्यवसायीहरुलाई झन् धेरै असजिलो छ। सरकारको पनि राजश्व उठेको छैन। त्यसैले सबैलाई समस्या परेको छ। सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन।’

उनले महासंघ भित्र पनि एकता भएमा समस्याको समाधान सहज हुने बताउँदै महासंघको आगामी नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिए।

उनले भने-‘अहिले कुनै व्यक्तिको जित हारको अस्वस्था छैन। समग्र अर्थतन्त्रको जित हारको अवस्था हो। हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ। यसलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेछ। त्यसैले हामी सबै एक हुनुको विकल्प छैन। सबै मिलेर एकसाथ अगाडि बढ्नुको विकल्प छैन। म साथीहरुलाई भन्न चाहन्छु । एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन।’

उनले सरकार तथा राजनीतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासो गरे। ‘अहिले सरकारले पनि पूर्णता पाइसकेको अवस्था छैन। नयाँ संविधान आइसकेपछि हामीलाई लागेको थियो,’ उनले भने, ‘तर, राजनैतिक दलको व्यवहारमा आर्थिक एजेण्डा प्राथमिकतामा नपरेको महसुस हुन्छ।’

बैंकले लगानी गरेकै कारण व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको बताउँदै ढकालले बैंक विरुद्धमा आन्दोलन गरेर अहिलेको समस्या समाधान हुन नसक्ने बताए।

1950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका