जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबिच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबिच सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रालि र राष्ट्रिय वाणिज्य बैंकबिच बैदेशिक रेमिट्यान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्यका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देश भरी २६५ वटा शाखा कार्यालय रहेको छ । यसका साथै ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैंकबिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् ।

नेपाल रेमिट इन्टरनेशनल विगत १७ वर्षदेखि रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो । विशेषगरि डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा बित्तय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ ।

 

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?