जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल मनी विकमा सिभिल लघुवित्तको वित्तीय साक्षरताबारे विविध कार्यक्रम

ग्लोबल मनी विकमा सिभिल लघुवित्तको वित्तीय साक्षरताबारे विविध कार्यक्रम

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक–२०२३ को उपलक्ष्यमा वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालयलगायत ३२ जिल्लास्थित ७५ शाखा कार्यालयहरुले अन्तर्क्रिया सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदि प्रयोग गरी र्‍यालीसमेत आयोजना गरेको थियो। संस्थामा आबद्ध रहेका सदस्य, समुदाय एवं स्कुल–कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन जीएमडब्ल्यू–२०२३ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर कार्यक्रम सम्पन्न भएको हो।

3760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्