जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा १५ प्रतिशतले वृद्धि

महालक्ष्मी विकास बैंकको नाफा १५ प्रतिशतले वृद्धि

महालक्ष्मी विकास बैंक लिमिटेड (Mahalaxmi Bikas Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ३८ करोड ७८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५ दशमलव १३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३३ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।

२ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा १ अर्ब २८ करोड ६४ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ३० अर्ब ४९ करोड ९ लाख रुपैयाँ संकलन गरि कर्जामा २६ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा २३ दशमलव ८० प्रतिशतले वृद्धि गरी लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ५५ प्रतिशतले बढेर १ अर्ब २६ लाख रुपैयाँ र संचालन मुनाफा १९० प्रतिशतले बढेर ४९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १९ करोड ७५ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ७ करोड १० लाख रुपैयाँ उठाएको छ ।

बैकको निष्कृय कर्जा ३ दशमलव ८५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ९७ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४५ दशमलव २३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ०३ प्रतिशत रहेको छ ।

11635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?