जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ खुला

सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ खुला

आजदेखि सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-३ सामूहिक लगानी योजनाको इकाइ निष्कासन तथा बिक्री खुलेको छ। यो म्युचुअल फन्ड सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत संचालन हुने छ।

यस योजनाले कुल १२ करोड इकाइ सामूहिक लगानी योजना बिक्री गर्ने भएको हो। उक्त इकाइमध्ये १० प्रतिशतले हुन १२ करोड रकम बराबरको १ करोड २० लाख इकाइ कोष प्रवर्द्धक सिद्धार्थ क्यापिटलका लागि बिक्री गरिने छ।

यस्तै ५ प्रतिशतले हुन आउने ६ करोड रकम बराबरको ६० लाख इकाइ योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरिएको छ।

यस्तै बाँकी रहेको १० करोड २० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १० कित्ता र अधिकतम १ करोड २० लाख कित्ताका लागि दिन सकिन्छ।

म्युचुअल फन्डको इकाइ खरिदका लागि प्रतिकित्ता १० रुपैयाँका दरले आवेदन दिन सकिन्छ।

सो योजनाको निष्कासन तथा बिक्री छिटोमा चैत्र २९ गते र ढिलोमा वैशाख १० गते बन्द गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

4150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?