जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • फागुनमा एक खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, डलर सञ्‍चितिले ९.४ महिनाको आयात धान्‍ने

फागुनमा एक खर्ब ४ अर्ब रेमिट्यान्स भित्रियो, डलर सञ्‍चितिले ९.४ महिनाको आयात धान्‍ने

राष्ट्र बैंकका अनुसार फागुनमा एक खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स एक खर्ब माथिको आँकडामा भित्रिन थालेपछि बाह्य क्षेत्रमा सन्तोषजनक सुधार देखिएको हो।

फागुनसम्म शोधानान्तर बचत एक खर्ब ४८ अर्ब बचतमा छ। माघमा एक खर्ब ३३ अर्ब बचतमा थियो।

राजस्व कम उठ्न थालेपछि चालु खाताको घाटा भने झन् फराकिलो भएको छ। माघसम्म २९ अर्ब ६४ करोड रहेको चालु खाता घाटा फागुनमा पुन बढेर ४४ अर्ब पुगेको हो।

फागुनमा महँगी दर घटेर ७.४४ पुगेको छ। माघमा ७.८८ प्रतिशत थियो। आर्थिक वर्षको अन्त्यसम्म औसत मूल्यवृद्धि दर ७.९३ रहने राष्ट्र बैंकको अनुमान छ।

विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको हो। फागुनसम्म १० अर्ब ७० करोड अमेरिकी डलर कायम छ जसले ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको हो।

राष्ट्र बैंकले नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

3340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका