जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • लुम्बिनी विकास बैंकले एक अर्बको ‘११% एलबीएल डिबेञ्चर’ ल्याउँदै, जेठ १६ बाट बिक्री

लुम्बिनी विकास बैंकले एक अर्बको ‘११% एलबीएल डिबेञ्चर’ ल्याउँदै, जेठ १६ बाट बिक्री

लुम्बिनी बिकास बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री जेठ १६ गतेदेखि खुल्ने भएको छ। बैंकले ११ % एलबीएल डिबेञ्चरको बिक्री खुलाउने भएको हो।

उक्त ऋणत्र १ अर्बको छ। बैंकले प्रति कित्ता १ हजार मूल्यका दरले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो। ऋणपत्र मध्ये बैंकले ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरले विभिन्न संस्थालाई बिक्री गर्ने छ।

बाँकी ४० करोड बराबरको ४ लाख ऋणपत्र सर्वसाधारणमा बिक्री गर्ने तयारी छ। त्यसमा पनि ५ प्रतिशतले हुन आउने २० लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ३ लाख ८० हजार कित्ता भने खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

ऋणपत्र न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताका लागि खरिद आवेदन दिन सकिने छ।

उक्त ऋणपत्र खरिदका लागि आवेदन जेठ १६ देखि १९ गतेसम्म खुला हुनेछ। उक्त समयसम्म पर्याप्त आवेदन नपरे अवधि जेठ ३० गतेसम्म थप गरिने छ।

3125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका