जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ललिता निवास प्रकरणमा चार जनालाई हिरासतमा राख्‍न अदालतको अनुमति

ललिता निवास प्रकरणमा चार जनालाई हिरासतमा राख्‍न अदालतको अनुमति

ललिता निवास प्रकरणमा पछिल्लो समय पक्राउ परेकालाई हिरासतमा राख्‍न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार सातजनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

ललिता निवास प्रकरणमा निर्वाचन आयोगका पूर्व आयुक्त सुधीकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की लगायत सात जनालाइ प्रहरीले पक्राउ गरेको थियो। जसमा कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली रिहा भएका थिए। उनीहरु स्टे अर्डर लिएको आधारमा छुटेका हुन्। पक्राउ परेका कार्की बाहेक अन्य तीनजना अस्पताल भर्ना भएका थिए।

3315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?