जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मूल्य समायोजनपछि कामना सेवा विकास बैंकको सेयरभाउ कति ?

मूल्य समायोजनपछि कामना सेवा विकास बैंकको सेयरभाउ कति ?

कामना सेवा विकास बैंकको बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै कामना सेवा विकास बैंकको प्रतिकित्ता २८८.१० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३००.८० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आज वैशाख १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

बैंकले ले आफ्नो १६ औँ वार्षिक साधारणसभा यही वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार २१.९३ रुपैयाँको कुल ४.६४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद लाभांश छन्।

सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

3505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका