जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्समा विशेषसम्झौता

कुमारी बैंकका ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्समा विशेषसम्झौता

कुमारी बैंक लिमिटेडका ग्राहकले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकमध्ये वर्ल्डलिंकको वार्षिक सदस्यता रोज्ने ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् भने त्रैमासिक सदस्यता छनौट गर्नेहरुले ५ प्रतिशत छुट पाउनेछन्। यो छुट प्राप्त गर्नलाई ग्राहकले आफ्नो कुमारी स्मार्ट मोबाइल बैंकिङ एप वा आफ्नो कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्नेछ।

डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यस सहकार्यमार्फत वर्ल्डलिंकको सुविधामा छुट मिल्ने व्यवस्था मिलाएको हो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

2235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका