जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • स्थानीय तहको पैसालाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन माग गर्दै अर्थ मन्त्रालयलाई बैंकर्सको पत्र

स्थानीय तहको पैसालाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन माग गर्दै अर्थ मन्त्रालयलाई बैंकर्सको पत्र

नेपाल बैंकर्स संघले स्थानीय तहको निक्षेपलाई शतप्रतिशत निक्षेपमा गणना गर्न दिन माग गरेको छ । संघले अर्थ मन्त्रालयलाई पत्र पठाउँदै हालको ८० प्रतिशत गणना गर्न पाउने व्यवस्थामा परिमार्जिन गरी शतप्रतिशत गणनाको व्यवस्थाका माग गरेको हो ।

अर्थ मन्त्रालयको यसअघिको निर्णयअनुसार आगामी साउन १ गतेदेखि बैंकहरुको स्थानीय तहको बैंकमा रहेको पैसालाई निक्षेपमा गणना गर्न पाउने छैनन् । स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न नपाउँदा बैंकहरुलाई स्रोतको ठूलो समस्या हुने भन्दै संघले आगामी आर्थिक वर्ष शतप्रतिशत गणना गर्न दिन माग गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको भन्दै अर्थ मन्त्रालयका कर्मचारीहरु आगामी वर्ष स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिनुपर्ने पक्षमा देखिएका छन् । तर, सार्वजनिकरुपमै ब्याजदर घटाउनु पर्ने, तरलता बढाउनु पर्ने र खुकुलो मौद्रिक नीति ल्याउन दबाब दिँदै आएका अर्थमन्त्री प्रकाश शरणमहतले भने बैंकरहरुसँगको भेटमा स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न दिने बताउँदै आएका छन् ।

बैंकहरुले गणना गर्ने समयावधि मात्र थप नगरेर ८० प्रतिशतको सीमालाई पनि शतप्रतिशत बनाउनुपर्ने माग गरिरहेका छन् ।

यसअघि पनि बैंकहरुकै आग्रहमा पटक-पटक समय थप गर्दै २०८० असारसम्मका लागि पु¥याइएको थियो ।

असार २४ सम्ममा वित्तीय प्रणालीमा लगानीयोग्य रकम ४ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी छ । वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा असार २४ गते ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै वाणिज्य बैंकहरुको कुल निक्षेप ४८ खर्ब २२ अर्बबाट २ खर्ब २८ अर्बले बढेर ५० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । अहिले भएको निक्षेपमध्ये झन्डै २ खर्ब स्थानीय तहको पैसा रहेको छ ।

यो अवधिमा कर्जा प्रवाह भने ठप्पै छ । वैशाख २ गते बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ५० अर्ब रहेकोमा असार २४ गते ४८ खर्ब ६१ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वैशाख २ गते ४३ खर्ब १ अर्ब रहेकोमा असार २४ गते पनि ४३ खर्ब १ अर्ब रुपैयाँ नै छ ।

 

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै