
डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक क्यूआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको सुरुआत गरेको छ।
बैंकले नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत यस बैंकका अन्य केही स्थानहरुबाट यो प्रविधिको शुभारम्भ गरेको हो। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ।
यस सुविधाबाट हजारौँ साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुनेछन्। सोको प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानीसम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकले लिएको छ।
हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ।
यसबाहेक फरक–फरक माध्यमहरुमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहेको छ। बैंकले नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’का रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































