जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लघुबीमा कम्पनीहरुको लाईसेन्समा चलखेलः हिमालयन रि–इन्स्योरेन्समा २० प्रतिशत पुनवीमा नगर्ने बीमा कम्पनीहरुको चेतावनी !

लघुबीमा कम्पनीहरुको लाईसेन्समा चलखेलः हिमालयन रि–इन्स्योरेन्समा २० प्रतिशत पुनवीमा नगर्ने बीमा कम्पनीहरुको चेतावनी !

जीवन बीमा कम्पनी र निजीवन बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले कही नभएको जात्रा हाँडी गाउँमा भने जस्तै ठुला घर घरानाहरुले केही वर्ष अगाडी नेपालमा स्थापना गरेको हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा नेपालका बीमा कम्पनीहरुले २० प्रतिशत पुनवीमा गर्न पर्ने पटक÷पटक (३ पटक) परिपत्र नै दिएको खुलेको छ । नेपालमा २ वटा पुर्नबीमा कम्पनीहरु छन् । तर, स्वदेशी लगानीको हिमालयन रि–इन्स्योरेन्समै २० प्रतिशत पुर्नबीमा गर्न किन पटक÷पटक दवाव दिँदै आएको छ । यसको खोजी हामीले शुर गरेका छौं ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तीबाटै यस भित्र नीतिगत भ्रष्टाचारको गन्ध देखिन्छ भन्दा फरक पर्दैन । नेपालका बीमा कम्पनीहरुले हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा २० प्रतिशत पुर्नबीमा गर्न अस्वीकार गर्दै आएपछि बीमा समितिले पुर्नबीमा गर्नै पर्ने दवाव दिनुको रहस्य चर्को नितिगत भ्रष्टाचार बीमा समिति भित्र छ भन्दा अब फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।
बीमा समितिका निर्देशक राजुरमण पौडेलले जारी गरेको विज्ञप्तीमा यस्तो भनिएको छ ।

पछिल्लो पटक बीमा समितिले ६ बुँदे निर्देशन जारी गर्दै बीमा कम्पनीहरूलाई अनिवार्य स्वदेशी पुनर्बीमा कम्पनीमा नै दायित्व हस्तान्तरण गर्न निर्देशन जारी गरेसँगै बीमा कम्पनीहरू सशङ्कित हुन पुगेको देखिन्छ । यसरी पटक÷पटक जबरजस्ती दबाब दिनु चर्को नीतिगत भ्रष्टाचारमा बीमा समिति डुब्नु हो भन्दा अब चाहि फरक पर्दैन । वैशाख २८, २०७८ मा बीमा समितिले एक विज्ञप्ति जारी गर्दै नेपालमा सञ्चालित सम्पूर्ण बीमा कम्पनीहरूलाई पुनर्बीमालाई बीमकबाट प्राप्त २० प्रतिशत रकम नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने निर्देशन जारी गरेको थियो । यस्तो हिस्सा स्वदेशी पुनर्बीमा कम्पनीलाई नै दिने गरी प्रथम वर्ष कम्तीमा १५ प्रतिशत र दोस्रो वर्षदेखि कम्तीमा २० प्रतिशत पुनर्बीमा प्रत्येक पुनर्बीमकलाई प्रदान गर्नुपर्ने बताएको देखिन्छ । यसबाटै प्रस्ट हुन्छ की दबाब दिनु घोटला हुनु नै हो ।

बीमा कम्पनीकै उच्च कर्मचारीका आफ्नालाई लुकाएर प्रमोटर शेयर दिनेलाई पहिलो प्राथमिकता दिने नीति बनाएको भेटिएको छ । यसको ठेक्का बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लिएको एक सञ्चालकले पंक्तिकारसंग बताए । खुवाउन र खान माहिर बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिमालयन रि–इन्स्योरन्स लिमिटेडसंग चर्को दानापानी लिएकै कारण पटक÷पटक निर्देशन दिँदै बीमा कम्पनीहरुले २० प्रतिशत पुर्नबीमा हिमालयन रि–इन्स्योरेन्समा राख्न निर्देशन दिँदै आएको बीमा समितिकै एक सञ्चालकले दाबी गरे ।

यता सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमै लघुबीमा कम्पनी खोल्ने भनेपछि बीमा समिति भित्र चर्को रकमको चलखेल गर्दै बीमा कम्पनीकै उच्च कर्मचारीका आफ्नालाई लुकाएर प्रमोटर शेयर दिनेलाई पहिलो प्राथमिकता दिने नीति बनाएको भेटिएको छ । यसको ठेक्का बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले लिएको एक सञ्चालकले पंक्तिकारसंग बताए । खुवाउन र खान माहिर बीमा समितिका

कार्यकारी निर्देशक राजुरमण पौडेलले हिमालयन रि–इन्स्योरन्स लिमिटेडसंग चर्को दानापानी लिएकै कारण पटक÷पटक निर्देशन दिँदै बीमा कम्पनीहरुले २० प्रतिशत पुर्नबीमा हिमालयन रि–इन्स्योरेन्समा राख्न निर्देशन दिँदै आएको बीमा समितिकै एक सञ्चालकले दाबी गरे । यसबाटै प्रस्ट हुन्छ की बीमा समिति भित्र कति घोटला छ भनेर । जताततै नीतिगत भ्रष्टाचार गर्न एक पछि अर्को निर्देशन दिनुबाटै प्रस्ट हुन्छ बीमा समिति भित्र चर्को नितिगत भ्रष्टाचार छ । भन्दा अब फरक पर्दैन । अर्थमन्त्रीज्यू ।

लाईसेन्स दिँदा पनि कमिशन त्यसपछि सञ्चालन गर्दा पनि यसैमा पैसा राख पुर्नबीमा गर भन्नु भ्रष्टाचार नभए के हो त ? तपाई खोजी गर्नुहोस् त । बीमा कम्पनीका उच्च कर्मचारीहरुलाई दशैं तिहार जस्ता चाडपर्वमा हुस्की देखि खसी र नगदनारायण नदिए स–साना कुरामा स्थलगत निरिक्षण गर्दै दुःख दिने गरेको ती सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग खुलेर नै बताए ।

बीमा कम्पनीहरुले आफ्नो इच्छाले पुर्नबीमा गर्ने हो । जबरजस्ती गर भन्दैमा गर्दैनौ । एक बीमा कम्पनीका सीइओले पंक्तिकारसंग बताए । उनीले थपेः– लाईसेन्स दिँदा पनि कमिशन त्यसपछि सञ्चालन गर्दा पनि यसैमा

पैसा राख पुर्नबीमा गर भन्नु भ्रष्टाचार नभए के हो त ? तपाई खोजी गर्नुहोस् त । बीमा कम्पनीका उच्च कर्मचारीहरुलाई दशैं तिहार जस्ता चाडपर्वमा हुस्की देखि खसी र नगदनारायण नदिए स–साना कुरामा स्थलगत निरिक्षण गर्दै दुःख दिने गरेको ती सीइओले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग खुलेर नै बताए । अर्को कुरा उनीहरुले भनेका मान्छेलाई जागिर दिनु पर्ने त्यसपछि बढुवा पनि गर्नु पर्ने के हामी जे पनि सहने ? उनीले थपे ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नै ठेक्का पाएका थिए । उनीकै चर्को दादागिरीले जीवन र निजीवन बीमा कम्पनीका सिइओहरु जागिर नै छोड्ने अवस्थामा पुगेको ती सीइओले पंक्तिकारसंग बताए । जनताको करबाट तलब भत्ता लिने र चुलो बाल्ने बीमा समिितका कर्मचारीलाई धम्क्याउने र उठाउति पुडाउती गर्ने अधिकार छैन ।

विगतमा पनि नयाँ जीवन र निजीवन बीमा कम्पनीको लाईसेन्स दिँदा चर्को रकम चलखेल भएको थियो । यस बेला पनि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नै ठेक्का पाएका थिए । उनीकै चर्को दादागिरीले जीवन र निजीवन बीमा कम्पनीका सिइओहरु जागिर नै छोड्ने अवस्थामा पुगेको ती सीइओले पंक्तिकारसंग बताए । जनताको करबाट तलब भत्ता लिने र चुलो बाल्ने बीमा समिितका कर्मचारीलाई धम्क्याउने र उठाउति पुडाउती गर्ने अधिकार छैन । अर्थमन्त्रीज्यू हेक्का होस् । सचते भया ।

6330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका