जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति पर्छ ?

हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक, कुन मोडलको कति पर्छ ?

हुन्डाई गाडीको नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले विभिन्न प्रकारका गाडीको नयाँ मूल्य तोकेको छ । कम्पनीले ग्रान्डआइटेन निओस इरा मोडलको गाडीको मूल्य २९ लाख ९६ हजार रुपैयाँ, ग्रान्ड आइटेन निओस म्याग्नाको ३५ लाख ५६ हजार रुपैयाँ, ग्रान्डआइटेन निओस म्याग्ना एएमटीको ३७ लाख ९६ हजार रुपैयाँ र ग्रान्ड आइटेन निओस स्पोर्टजको ३७ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।

सार्वजनिक नयाँ मूल्यअनुसार आइट्वान्टी म्याग्नाको ३९ लाख ९६ हजार रुपैयाँ, आइट्वान्टी स्पोर्टजको ४३ लाख ९६ हजार रुपैयाँ, औराको एसको ३७ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस(ओ) आइएमटीको ४७ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस १४९३ सीसीको ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस ११९७ सीसीको ४१ हजार ९६ हजार रुपैयाँ, भेन्यू एस आइएमटीको ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एसएक्सको ५० लाख ५६ हजार रुपैयाँ र भेन्यू ई वान.टु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

भेन्यू इ लोडेड गाडीको मूल्य ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस वान.टुको ४६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एसएक्स वान.टुको ५६ लाख ९६ हजार रुपैयाँ, भेन्यू एस(ओ)डीसीटीको ५७ लाख ९६ हजार रुपैयाँ, क्रेटा इको ५२ लाख ५६ हजार रुपैयाँ, क्रेटा इ लोडेडको ५२ लाख ९६ हजार रुपैयाँ, क्रेटा इ प्रिमियम लोडेडको ५४ लाख ५६ हजार रुपैयाँ, क्रेटा एसको ५० लाख ९६ हजार रुपैयाँ र क्रेटा एसप्लसको ६४ लाख ९६ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, क्रेटा एसएक्सको ६७ लाख ५६ हजार रुपैयाँ, क्रेटा एसएक्स सीभीटीको ७४ लाख ५६ हजार रुपैयाँ, क्रेटा इ को १४९३ सीसीको ४९ लाख ९६ हजार रुपैयाँ, क्रेटा इ लोडेड १४९३ सीसीको ५० लाख ५६ हजार रुपैयाँ, इ प्रिमियम लोडेडको ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीअनुसार टुक्सन जीएल स टुडब्ल्यूडी एमटीको १ करोड ७ लाख ९६ हजार रुपैयाँ, जीएलएक्स स टुडब्ल्यूडी एटीको १ करोड ३७ लाख ९६ हजार रुपैयाँ, जीएलएक्स प्लस टुडब्ल्यूडी एटीको १ करोड ४४ लाख ९६ हजार रुपैयाँ, जीएलएक्स फोरडब्ल्यूडी एटीको १ करोड ६० लाख ९६ हजार रुपैयाँ, जीएलएक्स फोरडब्ल्यूडी एटी टुर्बोको १ करोड ६२ लाख ९६ हजार रुपैयाँ, जीएलएस फोरडब्ल्यूडी एटीको १ करोड ८९ लाख ९६ हजार रुपैयाँ र जीएलएस फोरडब्ल्यूडी एटी २१९९ सीसीको गाडीको मूल्य २ करोड ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले विद्युतीय गाडी कोनाको १०० किलोवाटको जीएल मोडलको गाडीको ६१ लाख ९६ हजार रुपैयाँ, कोना १०० किलोवाटको जीएलएस गाडीको ६४ लाख ९६ हजार रुपैयाँ र आयोनिक ५ को १ करोड २ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

4410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका