जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी मर्चेन्ट बैंकर संघको अभिमुखीकरण कार्यक्रम

एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी मर्चेन्ट बैंकर संघको अभिमुखीकरण कार्यक्रम

नेपाल मर्चेन्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा बिहीबार काठमाण्डौको होटेल एम्बेसेडरमा एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनाअनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले गोएएमएल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आबद्ध हुनुपर्ने प्रावधानबमोजिम त्यस सम्बन्धमा राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा धितोपत्र बोर्डका विज्ञहरुबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा रहेका सबै मर्चेन्ट बैंकरहरुबाट प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रममा नियामक निकायबाट उपस्थित भएका पदाधिकारी तथा उपस्थित सम्पूर्ण सहभागीलाई संघका अध्यक्ष विजयलाल श्रेष्ठले धन्यवाद ज्ञापन गरे।
3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका