जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आरबीबी सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त

आरबीबी सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।  २० करोड रुपैयाँ चुक्तापँुजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्सचेन्जको सदस्यता प्राप्त भएपश्चात निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्नेछ। हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामीण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पँुजीबजारको सेवा लिन सकिने विश्वास गरिएको छ।

यसअघि बैंकले मर्चेन्ट बैंकिङसम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङको सेवा प्रदान गरिरहेको छ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ।
3355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका