जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, खरिद आवेदन खुला

सांग्रिला डेभलपमेन्ट बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, खरिद आवेदन खुला

सांग्रिला बैंकले ठूलो १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३४ हजार ८७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर खरिदमा इच्छुकका लागि बैंकले आवेदन खुलाएको छ। संस्थापक सेयरधनी शिवलाल भण्डारीले १२ हजार २०० कित्ता, गोवर्धन ढकालले २८ हजार , दीनबन्धु कुँवरले १३ हजार १५०, गोवर्धन अधिकारीले २३ हजार, ज्योति पाण्डेले २ हजार, माधवप्रसाद मैनालीले ६९ हजार ७८५, सुलोचना अधिकारीले ७ हजार २६६, अनिश पालिखेले २३ हजार ५०३, पवित्रलाल चुकेले १ लाख ५० हजार र उमेशकुमार मुडभरीले ५ हजार ९ सय ७० कित्ता संस्थापक सेयर बिक्री गर्न राखेका हुन्।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त सेयर बिक्रीको पहिलो प्राथामिकता संस्थापकहरुलाई नै दिइ ३५ दिने सूचना जारी गरेको थियो। संस्थापकहरुबाट निवेदन नआएकाले अब उक्त सेयर सर्वसाधारणमा बिक्रीका लागि राखिएको छ।

संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

4275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?