जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को अध्यक्ष पदमा नियुक्त भएका छन्।

न्यौपाने अध्यक्षमा नियुक्त हुनुअघि यसै संस्थामा माछापुच्छ्रे बैंकका तर्फबाट सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।

नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताका सपथ ग्रहण गरेका छन्।

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल न्यौपाने बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। यसका साथै उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव रहेको छ।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका