जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • साउन मसान्तसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न छुट

साउन मसान्तसम्म चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न छुट

बैंकहरुको चौथो त्रैमासको वित्तीय प्रतिवेदन आउन ढिलाई हुने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन साउन मसान्तसम्म प्रकाशन गर्न दिने भएको हो ।

राष्ट्र बैंकको नियमन विभागले सोमबार सर्कुलर जारी गरी यस्तो ब्यवस्था लागू गरेको हो । यो व्यवस्था हुनुभन्दा अगाडि हरेक त्रैमास सकिएको १५ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुले अन्तरिम वित्तीय प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

यसअघि हरेक त्रैमासको महिना व्यतित भएको मितिले १५ दिनभित्र कुनै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरी सोको एक प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको थियो । त्यस्तै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण यस बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ ।

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?