जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • एफएनसीसीआई पूर्वकोषाध्यक्ष सुकुन्तलाल हिराचनको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

एफएनसीसीआई पूर्वकोषाध्यक्ष सुकुन्तलाल हिराचनको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

प्रभु बैंकले सुकुन्तलाल हिराचनको सम्पत्ति लिलाम गर्ने भएको छ । हिराचनले युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालिको नाममा लिएको कर्जा नतिरेपछि धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत १५ दिनभित्र लिलामी गर्ने भएको छ । प्रभु बैंकबाट हिराचनले लिएको कर्जा रकम चुक्ता भुक्तान गर्ने मिति समाप्त भइसक्दा पनि बैंकसँग गरेको सम्झौताबमोजिम कर्जा चुक्ता फर्छ्यौट नगरेको र बैंकबाट पटक-पटक मौखिक तथा लिखित ताकेता गर्दा पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फर्छ्यौट गर्न चासो नदेखाई आलटाल गरेको बैंकले जनाएको छ । हिराचन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकोषाध्यक्षसमेत हुन् ।

आलटाल गरेपछि बैंकले कर्जा असुलीका लागि जेठ ४ गते बिहीबार ऋण कर्जा चुक्ता गर्ने ३५ दिने सूचना प्रकाशित गरेको थियो। कर्जा चुक्ता नभएकोले कर्जा असुलीका लागि कर्जा सुरक्षणको रुपमा बैंकसमक्ष धितो रहेको सम्पत्ति जे-जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने जनाएको छ ।

उक्त सम्पत्ति के कति दर भाउ र मूल्यमा खरिद गरिलिने हो सो व्यहोरा खुलाई १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको प्रधान कार्यालय बबरमहलमा इच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन भनिएको छ । बैंकले असोज २३ गते मंगलबार बैंकको प्रधान कार्यालय बबरमहलमा लिलामी खोलिने जनाएको छ ।

१५ दिनभित्र बाँकी सम्पूर्ण कर्जाको साँवा व्याज तथा हर्जानालगायतका अन्य दस्तुर तिरी कर्जा चुक्ता फर्छ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा जमानतकर्ता समेतलाई जानकारी गराएको छ ।

उक्त म्यादभित्र कर्जा चुक्ता नभएमा ऋणी तथा जमानतकर्तालगायत नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउने जनाएको छ ।

हिराचनले कर्जा लिँदा जमानतकर्ता मिनुकुमारी कार्की, पूर्णलाल हिराचन र चन्द्रकुमार पन्नाचन रहेका छन् । हिराचनले कर्जा लिँदा मिनुकुमारी कार्कीको नाममा काठमाडौं महानगरपालिका-७ मा रहेको कित्ता नम्बर ३७६ को ९ आना जग्गा र जग्गा र त्यसमा बनेको घर लिलामी गर्ने भएको छ ।

यस्तै चन्द्रकुमार पन्नाचनको नाममा तत्कालिन पोखरा नगरपालिका-८ को कित्ता नम्बर ५५१५ क्षेत्रफल ८ आना १ पैसा २ दाम जग्गा र त्यसमा बनेको घर तथा ऋणी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्सको स्टक तथा चालु सम्पत्तिहरु उपर हाइपोथिकेसन सुरक्षण रहेको धितो लिलामी गर्ने भएको छ ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका