जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकका ग्राहकलाई निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा २५% सम्म छुट

एभरेष्ट बैंकका ग्राहकलाई निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा २५% सम्म छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीले लाजिम्पाटस्थित निर्भाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरमा विशेष छुट पाउने भएका छन्। वेलनेस सेन्टरका विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका हुन्। न्यूनतम १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

विशेष छुट प्रदान गर्न बैंक र वेलनेस सेन्टरबीच सम्झौता भएको हो। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

3125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?