जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकमा सूचीकृत भए २५ वित्तीय साक्षरता प्रशिक्षक

राष्ट्र बैंकमा सूचीकृत भए २५ वित्तीय साक्षरता प्रशिक्षक

नेपाल राष्ट्र बैंकमा २५ जना वित्तीय साक्षरता प्रशिक्षक सूचीकृत भएका छन्।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सूचीकृत २५ वित्तीय साक्षरता प्रशिक्षकको नामावली सार्वजनिक गरेको हो। सूचीकृत वित्तीय साक्षरता प्रशिक्षकमा अभयराज शर्मा, अनिल श्रेष्ठ, अशोककुमार पौडेल, भुवन कडेल, भुवनकुमार दाहाल, भुवनेश्वर भट्टराई, विष्णुमणि गौतम, दीपक केसी, दुर्गाप्रसाद न्यौपाने, सन्तोष प्रदान, सुमानराज सुवेदी र सुरेन्द्रबहादुर शाही छन्।

यसैगरी किरण काफ्ले, कुबेर निरौला, मुरलीप्रसाद लम्साल, निरज गिरी, प्रवीण पौड्याल, प्रदीप भट्टराई, रमेश दाहाल, रमेशप्रसाद जोशी, सन्ध्या श्रेष्ठ, टंक निरौला, तेजेन्द्र शर्मा लम्साल, तुलरीराम पोख्रेल र उमा (जोशी) बोहोरा पनि प्रशिक्षकका रुपमा सूचीकृत भएका छन्।

यसअघि राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक तयार गर्न गत असोज २१ गतेदेखि २६ गतेसम्म तालिम सञ्चालन गरेको थियो। तालिममा सहभागी हुन केन्द्रीय बैंकले गत भदौ ७ गते आवेदन माग गरेको थियो।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका