जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई सिफारिस गरिएको छ। न्यायपरिषद्को मंगलबार बसेको बैठकले २ जना वरिष्ठ अधिवक्ता र ४ जना उच्च अदालतका न्यायधीशलाई सिफारिस गरेको हो।

सिफारिस हुने उच्च अदालतका न्यायाधीशहरुमा सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना छन्। त्यसै वरिष्ठ कानुनव्यवसायीबाट सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्।

सर्वोच्च अदालतमा ७ जना न्यायधीश रिक्त भए पनि ६ जना मात्र सिफारिसमा परेका हुन्। सिफारिसमा भएका न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन हुनुपर्ने हुन्छ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?