जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा

नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।

अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ । यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।

बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।

यस सेवाका मुख्य विशेषताहरूः

निःशुल्क सम्पर्कः ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

२४/७ सेवा उपलब्धताः टोल-फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ।

दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।

विविध च्यानल पहुँचः ग्राहकले टोल-फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइवर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।

ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो । बैंकले टोल-फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । 

बैंकले आफ्ना सम्पूणर् ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ ।

नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक-केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ । 

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।

2570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।