जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सी फुड’मा २७ प्रतिशतसम्म छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई ‘सी फुड’मा २७ प्रतिशतसम्म छुट

ज्योति विकास बैंकले ग्राहकलाई ‘सी फुड’बाट माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशतसम्मको छुट प्रदान सम्बन्धी सम्झौता गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउन भएका हुन् ।  

सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट ‘सी फुड’ का संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकका ग्राहकले ‘सी फुड’ का खाद्य सामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।   

3210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका