जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता

नविल बैंक र उपाय बिजनेश सोलुशन्स बीच व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नविल बैंक, प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।सो सम्झौता अन्तरगत विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गरिने छ ।

उक्त साझेदारी अन्तरगत बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागि वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्न उपाय विजनेश सोलुशन्सबाट सेवा लिने छन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने छ ।

सम्झौतापछि नविल बैंक, प्रमुख अमित श्रेष्ठले साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउन तथा विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउने कार्यमा यस्तो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्ने बताए ।

यसैगरी, उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले नविल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी परिणाम दिने बताइन् ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका