जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • व्यापारिक घराना लक्ष्मी ग्रुपले मनायो ५०औं वार्षिकोत्सव

व्यापारिक घराना लक्ष्मी ग्रुपले मनायो ५०औं वार्षिकोत्सव

व्यापारिक घराना लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ।

ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेसनरी लगायत सामग्री सहयोग गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक हो।

वार्षिकोत्सवका अवसरमा लक्ष्मी ग्रुप र अन्तर्गतका कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेका छन्। लक्ष्मी ग्रुपले रक्तदान कार्यक्रम गरेको छ जसमा १०० भन्दा बढी कर्मचारी सहभागी थिए।

ग्रुप अन्तर्गतको हुण्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको छ। सुजल डेरीले काठमाडौंको गैरीधारास्थित होप हेरिटेज इल्डर केयरमा दिवा खाजा खुवाएको छ भने चाइल्ड प्रोटेक्सन होम र डिसएबल सर्भिस एसोसिएसनमा चकलेट, स्टेसनरी र खेलकुदका सामान वितरण गरेको छ।

सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रुप अहिले कन्फेक्नसरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री बितरण र होम अप्लाएन्सेस् उत्पादनमा संलग्न छ।

2120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?