जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • युनाइटेड मेवा खोला हाइड्रोपावरको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

युनाइटेड मेवा खोला हाइड्रोपावरको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

युनाइटेड मेवा खोला हाइड्रोपावरको बिक्री प्रबन्धकको कार्य सिटिजन्स क्यापिटलले गर्ने भएको छ । आज एक समारोह बीच सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइड्रोपावरबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोलाका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले युनाइटेड मेवा खोला हाइड्रोपावरको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । युनाइटेड मेवा खोलाले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

3090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका