जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माण गर्न कर्जा सम्झौता

सिटिजन्स बैंकको लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माण गर्न कर्जा सम्झौता

सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माणका लागि कर्जा सम्झौता भएको छ ।

कम्पनीले एकल ऋण लगानी गर्ने गरी ईलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाँउपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेकोे १० मेगावाट(मेवा) क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा लगानी गर्ने छ ।
सो सम्बन्धी सम्झौता अन्तरगत बिहीबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा कम्पनीका प्रमुख–कन्र्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र सिद्धि हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन्।

परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड (निर्माण अवधीको ब्याजबाहेक) रहेको छ जसमा बैंकले ७५ः२५ को ऋण स्वपूँजी अनुपातमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछ ।
सम्झौता अनुसार निर्माण अवधिको ब्याजसहित बाँकीलागत प्रवर्द्धकहरुबाट स्वपूँजी जुटाइने छ । आयोजनाले आगामी २.५वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

उक्त आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घण्टा र वर्षामा ४६.९११ गिगावाट घण्टा गरी बार्षिक ५५.७१६ गिगावाट विद्युत् उत्पादन गरिने छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम. र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

2775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका