जोडिनुहोस
आइतवार, चैत्र ३१, २०८१
आइतवार, चैत्र ३१, २०८१
  • होमपेज
  • सि.बि.आई.एल. सेक्युरिटिजको साधारण सभा सम्पन्न

सि.बि.आई.एल. सेक्युरिटिजको साधारण सभा सम्पन्न

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड को साहयक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को कार्यालय परिसर कुपण्डोलमा कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९÷८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको संचालक समितिमा चार जना संचालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित हुुनु भएको छ ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

1710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका