जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आईएमएफले भन्यो : एआईका कारण विश्वभर ४० प्रतिशत जागिर संकटमा पर्न सक्छ, असमानता बढ्छ

आईएमएफले भन्यो : एआईका कारण विश्वभर ४० प्रतिशत जागिर संकटमा पर्न सक्छ, असमानता बढ्छ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कारण विश्वभर ४० प्रतियत जागिर संकटमा पर्न सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एआईले विश्वमा असमानता बढाउने देखाएको हो।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिगेभाले ब्लग पोस्टमा लेखेकी छिन्,’ नीति निर्माताहरुले सक्रिय रपमा प्रविधिले समाजमा बढाउन सक्ने तनावलाई रोक्न उपाय खोज्नुपर्छ।’

उदयीमान अर्थतन्त्र र कम आय भएका मुलुकको भन्दा उन्नत अर्थतन्त्र भएका राष्ट्रलाई एआइको विकासले बढी प्रभाव पार्ने देखिएको छ। प्रविधिको विकाससँगै ती राष्ट्रहरुमा धेरै जागिर संकटमा पर्ने अध्ययनले देखाएको छ।

यद्यपि, आइएमएफले आइतबार जारी गरेको रिपोर्ट अनुसार एआईले प्रभावित हुने जागिरमध्ये आधामा मात्रै नकारात्मक असर देखिने जनाइएको छ। बाँकी जागिरहरु उल्टै एआईबाट लाभान्वित हुन सक्ने अनुमान छ।

‘तपाईंको जागिर पूर्ण रुपमा बन्द हुन सक्छ। त्यो राम्रो होइन। वा, एआइले तपाईंको काममा सहयोग पुर्‍याउन सक्छ। तपाईंको आय माथि जान सक्छ,’ उनले भनेकी छिन्।

2405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका