जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सर्वोच्च अदालतले रोक्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सञ्चालक समितिको निर्वाचन

सर्वोच्च अदालतले रोक्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सञ्चालक समितिको निर्वाचन

सर्वोच्च अदालतले नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सेयरधनीले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले आइतबार यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसमेत १० जनाविरुद्ध प्रा. डा. ताराप्रसाद सापकोटाले चैत १६ गते सञ्चालक समितिको निर्वाचनमा केही सञ्चालकको योग्यता नपुगेको भन्दै दायर रिटमा इजलासले कारण देखाउ आदेश पनि जारी गरेको छ ।

बैंकले भोलि मंगलबार वार्षिक साधारणसभा बोलाएको छ । सभामा सञ्चालक समिति सदस्य निर्वाचित गर्ने प्रस्ताव रहेको छ तर अदालतले भने निर्वाचन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले सभा गर्न नरोके पनि निर्वाचनमा भने रोक लगाएको छ ।

अदालतले मतदानको कार्य स्थगित गरि यथास्थितिमा राख्न चैत १८ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै निर्वाचन प्रकृया हाललाई स्थगित गरिएको बैंकले जनाएको छ ।

बैंकले भोलिका लागि बोलाएको ३७औं वार्षिक साधारण सभाको सामान्य प्रस्तावको बुँदा नं. ५ अन्तर्गतको संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव रहेको थियो ।

इजलासले शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

1220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका