जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

आईएमई लाईफ इन्स्योरेन्सका चिफ मार्केटि∙ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चौलागाई कम्पनीको चिफ मार्केटि∙ अफिसरको रुपमा नियुक्त भएका छन्। यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख व्यापार अधिकृत रहेका चौलागाई आईएमई लाइफको चिफ मार्केटि∙ अफिसर बनेका छन्।

पछिल्लो समय व्यापार विस्तारमा आक्रामक बनेको आईएमई लाइफले बजारमा थप आक्रामक रुपमा प्रश्तुत हुने लक्ष्य लिएको छ ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनको सानिमा लाईफ इन्स्योरेन्समा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभाग र प्राईम लाइफ इन्स्योरेन्समा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा काम गरेको अनुभव हासिल गरेका छन् ।

3325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्